पत्रकार

पुडासैनीले डोरी किनेको पसल भेटियो, यस्तो रहेछ कुरा

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आ*त्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ । होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी...

लोकसेवा

लोकसेवाको असंवैधानिक विज्ञापन विरुद्ध पोखरामा विरोध प्रदर्शन

अधिकार लुट्न खोज्ने लुटेराहरुलाई कारवाही

  • हुम तमु
  • पोखरा- लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध आदिवासी जनजाति लगायत, दलित शिल्पी, मधेशी, मुस्लिम आन्दोलित भईरहेको बेला पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ कास्कीको आयोजनामा पोखरा ११ रानीपौवा दुरसञ्चारचोकबाट शुरु भएको विरोध ¥याली महेन्द्रपुल, चिप्लेढुंगा...

    राजनीति

    विप्लवको जनपरिषद्ध द्धारा जग्गा कब्जा

    शान्ति प्रक्रियामा आइसकेपछि कब्जा गरिएका घर जग्गालाई प्रचण्ड–बाबुरामले फिर्ता गरेको भन्दै जनयुद्वकालमा कब्जा गरेका घरजग्गालाई नेपाल कम्युनिस्ट पार्टीले पुनः कब्जा गर्ने जनाएको छ । छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको ६ रोपनी खैराबाङ मन्दिरको नामको जग्गालाई मगरात स्वयत्त प्रदेश अन्तरगत...

    १२ थान जीवित सुन गोहोरोसहित पक्राउ
  • सोमवार, भदौ २, २०७६
  • मोरङ – जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले

    नेप्से सात अङ्कले वृद्धि
  • सोमवार, भदौ २, २०७६
  • धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ

    नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीको पूर्वी तटबन्ध फुटेको आज ११ वर्ष पूरा
  • सोमवार, भदौ २, २०७६
  • सुनसरी– नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज ११

    देशको राजनीति सबै
    समाज सबै
    अन्तरवार्ता सबै
    राशिफल
    भदौ २ गते कुन राशिका लागि कति शुभ ? हेर्नुस् राशिफल
  • सोमवार, भदौ २, २०७६
  • .सं.२०७६ साल भाद्र ०२ गते । सोमबार

    सुनचादी दर
    मंगलवार सुनको मूल्य प्रति तोला ७१ हजार रुपैयाँ
  • मङ्लबार, साउन २८, २०७६
  • पोखरा- आज मंगलवार सुनको मूल्य प्रति तोला

    विनिमय दर
    कति छ आजकाे बिनिमय दर ? अमेरिकी डलरदेखी कतारी रियालसम्म यस्ताे छ
  • शुक्रबार, असार १३, २०७६
  • नेपाल राष्ट्र बैंकले (असार १३) लागि एक

    विचार सबै
    बिज्ञान प्रबिधी सबै
    फेसबुकले डार्क मोड फिचर फिचर ल्याउँदै
  • बुधबार, साउन २९, २०७६
  • पोखरा – फेसबुकले आफ्नो मूख्य एपमा डार्क

    पृथ्वी नजिकैबाट गयो शक्तिशाली आकशीय पिण्ड, हेर्नुस भिडियो
  • सोमवार, साउन २७, २०७६
  • पोखरा- एउटा आकशीय पिण्ड जुन सय तलाको

    ‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो
  • बिहिबार, साउन २३, २०७६
  • पोख्रा – देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’

    पृथ्वीजस्तै ३१ लाइट वर्ष टाढा भेटियो ग्रह
  • शनिबार, साउन १८, २०७६
  • अनुसन्धान गरेको एक वर्षपछि नासाले ३१ लाइट

    तात्दै पृथ्वी जाेखिम बढ्दै यस्ताे छ काठमाडौं काे अबस्था
  • शनिबार, साउन १८, २०७६
  • जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको

    साहित्य सबै
    विप्लवले लेखेको अति मार्मिक गित …
  • शुक्रबार, साउन २४, २०७६
  • माइला लामाको गित ‘जेल’
  • शनिबार, साउन १८, २०७६
  • जीवनशैली / कार्यशैली सबै
    फोटो फिचर सबै
    भिडियो सबै

    पोखरा- मंगलबार दिउसो पोखरा न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूरोडको सिटिजन्स बैंकको आडमा रहेको भाटभटेनी संगैको १ मिनि मार्केटमा लागलागी भएको हो ।आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। । आगो नियन्त्रणमा लिन करिब ३ घण्टाको प्रयास पछी आगो नियण्त्रणमा आएको छ।आगो नियन्त्रणका लागि स्थानीय, पोखरा महानगरपालिका, नेपाली सेनाको वारुणयन्त्र तथा केही निजी कम्पनीका पानी ट्यांकर प्रयोग गरिएको थियो ।आगलागीका कारण शुभकामना इलेक्ट्रिकल्स, शिवशक्ति स्टिल कम्पनीका साथै मिनिमार्केटका सबै पसल जलेर नष्ट भएका छन् ।

    घटनाको थप विवरण आउन बाँकी छ ।

    पोखरा न्यूरोडमा भाटभाटिनी नजिकै भीषण आगलागी हेर्नुस भिडियो

    पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताएका छन। यस बिश्यमा समेत प्रधानमन्त्री र आफूबीच छलफल भएको पनि उनले बताएका छन्।

    मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने

    कास्कीको पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताएका हुन।

    ‘तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा हामी पुगिएको छैन, प्रधानमन्त्रीले चाहेको बेलामा हुन्छ,’ उनले भने। तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने बताए ।आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’

    प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन

    अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा कुराकानी भएको र शुक्रबार सचिवालयको बैठक डाकेर निर्णय गरिने बताए।

    पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’

    यसबाट पनि कसैले खेल्न खोजेको छ भन्ने प्रष्ट भएको उनले बताए । ‘एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन’ उनले भने, ‘जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्प बाहिर जान मिल्दैन ।’

    उनले सरकार र पार्टी सञ्चालनमा भएको विषयमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएकाले आफूले बोलेको कुरा कुनै नौलो विषय नभएको बताए। अध्यक्ष दाहालले आफूले पहिलेको सहमतिनै संस्मरणमात्रै गरेको र नयाँ ढंगको सहमति बन्यो भने यही सरकार नै ५ वर्ष नै चल्न सक्ने अभिव्यक्ति दिएको बताए।

    पार्टी एकतालाई सफल पार्ने विषय अहिलेको अनिवार्य शर्त रहेको बताउँदै उनले एकता र प्रतिबद्धतालाई हल्काफुल्का तरिकाले दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको बताए।

    अध्यक्ष दाहालले भने ‘हिजो भएका समझदारी सहमति र संकल्पभन्दा बाहिरबाट जसले दायँबायाँ कुरा गरे पनि त्यो अहित नै हुन्छ। पार्टी एक नहोस् भनेर बाहिरबाट निक्कै चलखेल भएको छ। एकता र प्रतिबद्धतालाई हल्काफुल्का तरिकाले दायाँबायाँ गर्ने छुट कसैलाई पनि छैन।’

    विधेयकहरु सच्याएर नै जानुपर्ने

    अध्यक्ष दाहालले पछिल्लो समयमा सरकारले ल्याएको विधेयका बारेमा जनस्तरबाट धेरै नै टिकाटिप्पणी भएकाले ती विधेयकहरु सच्याएर नै जानुपर्ने बताए। उनले संसदमा भइकसेका विधेयक संसदीय प्रकृयाबाट परिमार्जन गरेर जानुको विकल्प नभएको र आफूले प्रधानमन्त्रीसँग त्यही हिसाबले कुरा गरेको जानकारी पनि दिएका छन्।

    ‘पार्टीभित्रकै साथीहरुले समेत मिडियामा आएपछिमात्रै विधेयकको बारेमा थाहा पाउने हुन थाल्यो, सबैभन्दा पहिले पार्टी र सकारका फोरमहरुमा छलफल हुन पर्‍यो। सरोकारवालाहरुसँग छलफल गर्नुपर्‍यो। मैले प्रधानमन्त्रीसँग बुधबार भेटर पनि त्यही भनेको छु,’ अध्यक्ष दाहालले भने।
    उनले असार ८ गते अघि नै संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुले पदाधिकारी पाउने जानकारी पनि दिए।

    विप्लवप्रति राज्यले गर्ने काम जारी राख्ने

    विप्लवप्रति उनले राज्यले गर्ने काम जारी राख्ने बताए । उनले उल्टो बाटोबाट कहिँ नपुगिने बताउँदै वार्तामा आउन आग्रह गरे । “काठमाडौंमा बडो दुखद घटना भयो, चारवटा बम विस्फोट गराएर केही हुने पनि थिएन,” उनले भने, “त्यो कन्फिडेन्ट छैन भन्ने प्रमाण पनि हो । राजनीतिक प्रक्रियामा आउनु नै राम्रो हो ।”
    उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफुले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाए ।

    मन्त्रिपरिषद् पुनर्गठन हुन्छ प्रधानमन्त्रीसँग छलफल भइरहेको छ : प्रचण्ड ( भिडियो )

    कञ्चनपुर : कञ्चनपुरमा बिच सडकमै महिलामाथि एकजना सवारी चालकले दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडिओ समाजिक सञ्जालमा अहिले भाइरल बन्दै गैरहेको छ।

    से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले आज शुक्रबार दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

    चालक बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।

    धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको उनले बताए।

    चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ।

    बिच सडकमै सवारी चालकले महिला कुटे हेर्नुस भाइरल भिडियो

    पोखरा- पोखरा महानगरपालिका वार्ड न ५ मालेपाटन एक घरको टौवामा आगलागी भएको छ।

    मालेपाटन अन्नपुर्ण मार्ग स्थित हरिमाया दाहालको घरमा आज दिउसोँ लगभग १२ बजेको समयमा आगलागी भएको हो। दिउसो समयमा घर नजिकै वोल्डिङको काम भै रहेकोले यसैको झिल्कोले आगलागीको रुप लिएको स्थानिय सन्देश वरालले राजनिति मिडियालाई जानकारी दिएका छन।

    अहिले नजिकै रहेको शसस्त्र प्रहरी बल कालिका गण र स्थानियको सहयोगमा आगोलाई नियण्त्रण लिईसकेको पनि वरालले बताए।

    लगभग २०० भारी बढी रहेको परालमा आगो लागेको हो।समयमा नै आगो नियन्त्रणमा लिएको कारण थप दुर्घटना र क्षती भने हुनबाट जोगिएको छ।भिडियो सौजन्य सन्देश वराल

    राष्ट्रपति देखि खरिदारसम्म कस्काे तलव कति ?

    सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ।

    सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ। मुख्य सचिवको १८ प्रतिशत तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ। संसद् सचिवालयका अनुसार संघीय सांसदको पारि श्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ पुग्नेछ। सांसदको तलब ९ हजार ९ सय ४१ रुपैयाँले प्रतिमहिना वृद्धि हुनेछ।

    सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिको तलब पनि १८ प्रतिशत बढेको छ। सांसददेखि भीभीआईपीको तलब एकैपटक बढ्दा राज्यकोषमा ठूलो असर पुग्ने अर्थका जानकार बताउँछन्।

    संघीय सांसदको पारि श्रमिक वृद्धिसँगै प्रदेशसभाका सांसदको पनि तलब बढ्नेछ। सांसदको तलबवृद्धिसँगै मन्त्रीहरुको तलब पनि बढेको छ। मन्त्रीहरुको तलब हाल ६० हजार ९ सय ७० रुपैयाँ छ। १८ प्रतिशत वृद्धिसँगै मन्त्रीको तलब ७१ हजार ९ सय ४५ पुग्नेछ। उपप्रधानमन्त्रीको हाल कायम ६५ हजार २ सय तलबमा १८ प्रतिशत वृद्धि भई ७६ हजार ९ सय ३६ पुग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। यस्तै प्रधानमन्त्रीको तलबमा १३ हजार ९ सय १० वृद्धि भएको छ। प्रधानमन्त्रीको तलब हाल ७७ हजार २ सय ८० छ।

    वृद्धिसँगै प्रधानमन्त्रीको तलब ९१ हजार १ सय ९० पुगेको छ। आगामी साउनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको तलब पनि १८ प्रतिशतले बढेको छ। राष्ट्रपतिको हाल १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तलब छ। २७ हजार ८१ रुपैयाँ वृद्धि हुँदा राष्ट्रिपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ पुग्नेछ। यस्तै उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ वृद्धि हुँदा १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पुग्नेछ।

     

    पोखरा महानगरपालिका मालेपाटनमा आगलागी,आगो नियन्त्रणमा हेर्नुस भिडियो

    पोखरा– नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष लागेको छ बुधबारदेखि । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको स्मरणमा बुधबार गणतन्त्र दिवस मनाईँदै छ ।

    दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधिसहिको उपस्थिति रह्यो ।

    कार्यक्रममा सहभागी हुन आउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका लागि सर्वसाधारणको आवतजावतमा रोक लगाइएको विरोधमा प्रदर्शन भएको छ । सर्वसाधारणले सिट्ठी बजाएर विरोध गरेका हुन् ।

    गणतन्त्रकै दिन जनतालाई राष्ट्रपति उपराष्ट्रपतिको सास्ती,जनताले सिटी बजाएर गरे बिरोध हेर्नुस

    म्यान्मारको मण्डाले अन्तरराष्ट्रिय विमानस्थलमा एउटा ठूलो दुर्घटना हुनबाट जोगियो । मानिसहरु त्यतिबेला निकै आत्तिए जब म्यान्मार नेशनल एयरलाइन्सको एक विमानले पछाडिको पाङ्ग्रामा मात्र आपत्कालीन अवतरण गर्नुपर्यो । विमानमा ८२ यात्री र सात क्रु मेम्बर्स थिए जो पूर्ण रुपमा सुरक्षित छन् । यो घटना आइतबार बिहान ९ बजेको हो ।
    वास्तवमा एम्ब्रइर १९० को अगाडिको पाङ्ग्रा नखुलेपछि पाइलटले विमानलाई रनवेमा पछाडिको पाङ्ग्राको मद्दतले उतारे । अवतरण गर्नेबेला विमानको अगाडिको भाग रनवेमा घिस्रँदै अघि बढेको थियो ।

    विमानस्थलका प्रवक्ता क्यो सेनका अनुसार क्याप्टेन म्याट मोइ ओंगले अवतरण अघि कन्ट्रोल टावरलाई विमानको अगाडिको पाङ्ग्रा खोल्न नसकेको जानकारी दिइसकेका थिए ।

    विमान याङ्गोनबाट मंडले जाँदै थियो । विमानमा खराबी देखिएपछि उनले आपत्कालीन प्रक्रिया अपनाएको विमानस्थलले जानकारी दिएको छ विमान अवतरण गरिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा विमानले पछाडिको पाङ्ग्रामा मात्रै अवतरण भइरहेको देख्न सकिन्छ ।

    ‘पाइलटले निकै अद्भूत काम गरे,’ विन कान्ट, म्यान्मारका यातायातमन्त्रीले रोयटर्सलाई भने ।

    म्यान्मारमा यो हप्ता विमानमा गडबडीको यो दोस्रो घटना हो । गत बुधबार यंगून एयरपोर्टमा आँधीका बेला बंगलादेश एयरलाइन्सको एक विमान अवतरणका बेला रनवेमा चिप्लिएको थियो जसमा कम्तीमा १७ जना घाइते भएका थिए ।

    दुर्घटना हुनै लाग्दा पाइलटले गरे अद्भूत ल्याण्डिङ, ८७ यात्रीको ज्यान बचाए (भिडियो)

    पाल्पा – माथागढी गाउँपालिकामा सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनबाट प्राकृतिक ग्यास निस्केको छ ।

    गाउँपालिकाकाे वडा २ रुप्सेस्थित ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा बताउछन ।

    जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको थियो । पाल्पामा जमीनमुनिबाट ग्यास पहिलोपटक निस्किेको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि हेर्न बासिन्दाकाे भीड लागेको छ ।

    स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ । आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको छ ।

    पाल्पाका समथल माडीफाँट अन्न उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ । पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकेको छैन ।

    पाल्पामा ट्युबवेल गाड्ने क्रममा जमीनबाट यसरी निस्कियो ग्यास

    पोखरा- हावाहुरीसहित परेको भीषण असिना पानीले पोखरासहित आसपासको खाद्य तथा नगदेवालीमा ठूलो क्षति पुर्याएको छ । एक्कासी परेको असिना पानी सहितको हावाहुरीले पोखराको जनजिबन प्रभावित बन्यो।

    समय २ बज्दै गरेको थियो।बिहान देखी नै पोखरामा गर्मीले मानिस अतालिएका थिए। पोखराको तापक्रम गुगलमा हेर्दा ३१ डिग्री सेल्सिएस सम्म देखाएको थियो। टनक्क लागेको घाम एक्कासी घाम लाग्दै गर्दा छिटपुट बर्षा पनि भयो। घाम लागेको बेला पानी छिटपुट पर्न थाले पछी मानिसहरु दङ्ग परे “घाम लाग्दा नि पानी परेछ। “असिना पानी पर्दा आकाश कालो हुने मान्यता छ तर एक्कासी केहि सोच्न नपाउदै आकाश कालो हुदै पोखरा अध्यारो भए पछी असिना पानी पर्यो। बर्षा सङ्गै परेको असिनापानी अनि हावा हुरीले गन्तव्य तर्फ हिडेका यात्रीहरु बाटैमा अलपत्र परे।

    पोखराको मुख्य चोक महेन्द्रपुल लखन चोक हरु जलमग्न नै भएको थियो।लगातार घण्टौ सम्म परेको असिना पानीले पोखराका केही क्षेत्रहरुमा पानीको ढल नै बग्यो।

     

    पोखरामा भारी वर्षा, मुलसडक नै नदि बन्यो (हेर्नुस भिडियो)
    error: Content is protected !!