हर मानिसले दुख सुखमा सम्झिने कुनै न कुनै पात्र हुन्छ्न । मानिसहरूले तिनिहरुलाइ नै सम्झिन्छन जसले आफ्नो दैनिकीमा कुनै न कुनै प्रभाव छोडिरहेका हुन्छन । नेपाली राजनीतिमा यस्तै उदाहरण बनेकाछन विप्लव ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव जनताको हर अफ्ट्यारोमा आफुलाइ सहयोगी बनाउन हरदम प्रयास गर्ने नेताको रुपमा स्थापित छन । यस्तै क्रममा महासचिव विप्लव आज एकाबिहानै जनताको खेतमा भेटिएकाछन । कम्युनिस्ट हुनुको नाताले श्रम सग अनिवार्य जोडिने र जनताको सेवा गर्ने बिषयलाई ब्यवहारमै कार्यान्वयन गर्ने नेताको रुपमा महासचिव विप्लव चर्चित र लोकप्रीय छ्न ।
आज बिहानै हसिया लिएर हरियो रंगको ट्र्याकसुटमा गहुँ काट्न खेतमा पुगेको तस्वीर सार्वजनिक भएको छ । महासचिव विप्लवको सचीवालयका अनुसार कपिलवस्तुको शिवगढी स्थित जनताको खेतमा पुगेर गहुँ काटेको जनाइएको छ । विप्लव आफ्नो सचिवालयका टिम सहित बिहानै जनताको खेतमा पुगेका हुन । बिहानीको झुल्के घामसगै विप्लवले गरेको गरेको श्रमले साच्चिकै जनता प्रतिको प्रेम र श्रम प्रतिको सम्मानलाइ प्रष्ट पारेको छ ।


प्रतिबन्धको भन्दा केही वर्ष अगाडी देखि ठुला कार्यक्रमहरुमा नदेखिएका बिप्लवले त्यो बिचमा आफुले सेल्टर लिएका ठाउहरुमा जनतासग परिवार जस्तै ब्यवहार गर्दै उत्पादनका काम समेत गरेको देखिन्छ ।
नेपालमा कम्युनिस्ट नामधारी नेताहरु बिचार दृस्ठिकोण र ब्यवहारबाटै च्युत भएको भनेर जनतामा निरास र आक्रोश बढी रहेको छ । तर यही बेला नेकपाका महासचिव विप्लवले गरेका केही उदाहरणिय कर्मले जनतामा नया आसा र बिश्वास जागृत र स्थापित गर्ने बिस्लेषकहरुको भनाइ रहेको छ । स्मरणीय कुरा के छ भने महासचिव विप्लव जनताको अप्ठ्यारोमा हरबेला साथ दिदै आएका थुप्रै उदाहरणहरु छन ।


०७२ सालको महाभुकम्पको बेला काठमाडौ टहरा बनाउने देखि बारपाकमा दलिन बोक्ने सम्म गरेका थिए । जनताको हर मर्कामा तुरुन्तै पहल र सेबा गर्ने छवि बनाएका नेता विप्लव जनताको प्रिय नेता बन्दै गएकाछन ।
त्यस्तै काठमाडौ उपत्यकाको सडकमा फोहोर थुप्रीएर जनताले सास्ती भोग्दा आफ्ना युवाहरुलाइ लिएर फोहोर उठाउने नेताको रुपमा समेत स्थापित छन । नेकपा नेपाली राजनीतिमा बलियो बैकल्पिक शक्तिको रुपमा स्थापित छ ।



पार्टीको मुल नेतृत्व विप्लवले जनताको बिचमा गएर गर्ने गरेका कामहरु झ्वाट हेर्दा सानो जस्तो देखिए पनि यसले दिएको संदेशले नेपाली कम्युनिस्ट आन्दोलनलाइ नया रक्त संचार गराउन मद्दत पुग्ने देखिन्छ ।
हेर्नुस् भिडियो