logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सहमति विपरीत कार्यकर्ता इन्द्र नगरकोटी घरमा पक्राउ पुर्जी टाँस


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, बैशाख १२ २०७८

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको ३ बुँदे सहमति विपरित गजुरी किरान्चोकका नेकपा कार्यकर्ता इन्द्रबहादुर नगरकोटीलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

फरार अभियुक्त भन्दै वैशाख ११ गते नगरकोटीको घरमा जिल्ला अदालत धादिङको आदेश पत्रलाई प्रहरीले पक्राउ पुर्जी पठाएर म्याद टाँसेको हो ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच २०७७ फागुन २० गते प्राज्ञ प्रतिष्ठान, काठमाण्डौमा औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवको साथमा पार्टी प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य दिपक र नेपाल सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली बिच तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

राजनैतिक मुद्धा राजनैतिक तवरले वार्ता र सम्बादको माध्यमबाट हल गर्ने सहमति भए पनि पुर्व सहमति विपरीत उत्तेजित एवम् त्रसित बनाउने किसिमको गतिविधि राज्यका निकायहरुबाट भएको नेकपा धादिङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार