logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जनसेवामा सरिक हुदै अखिल(क्रान्तिकारी)रुपन्देही


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, बैशाख २७ २०७८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)रुपन्देहीले कोभिड–१९ ले देशव्यापी रूपमा आक्रान्त र हैरानी पारिरहेको विषम परिस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।


आइतबार जिल्लाका विभिन्न क्याम्पस,स्कुलका गेट तथा सार्वजनिक स्थलहरुमा अाफ्ना जनसेवक टिमहरुलाई परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । सर्वसाधारण जनतालाई मास्क र सानीटाइजर वितरण गरेको अखिल(क्रान्तिकारी)रुपन्देहीले बताएको छ । कार्यक्रममा उक्त संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयाेजक विरेन्द्र विक,केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज रुपा वुढा मगर,रुपन्देही जिल्ला अध्यक्ष ईन्दु वलि लगायतको उपस्थिति थियोे । यस्तै उक्त जनसेवक परिचालन जिल्ला स्तरीय नेताहरुकाे नेतृत्वमा जिल्ला स्तरीय टिमहरु निर्माण गरि परिचालन गरेको अध्यक्ष ईन्दु वलिले बताउनु भयो । जिल्लामा रहेका उत्पीडित जनसमुदाय,सुकुम्बासीहरुमा पुगेर उक्त जनचेतनामूलक कार्यक्रम संचालन गर्ने समेत बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार