logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अखिल(क्रान्तिकारी) जनसेवक कपिलवस्तुकाे सचेतना कार्यक्रम शुरु


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, बैशाख ३० २०७८

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) कपिलवस्तुले लुम्बिनी क्षेत्रीय समन्वय समितिकाेे पुर्वघाेषित कार्यक्रम अनुसार जिल्लाको ४ न.बन्गाई,कोपवा लगायत जिल्लाको विभिन्न ठाँउहरुमा Covid-19 विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यस्तै जिल्लाका विभिन्न सार्वजनिक स्थलहरु सचेतना मुलक ब्यानर राखिएकाे छ । बाडगंगामा जिल्ला सचिव बिनोद गिरिको नेतृत्वमा,जिल्ला सद्स्य सपना ,बिस्नुको उपस्थिमा,बुद्ध भुमी नगरमा संगिताको नेतृत्वमा ,प्रकाश,करिस्मा सहाभागितामा र शिवराजमा शुसिलको नेतृत्वमा covid -19 बाट बच्न र बचाउन अपिल गर्दै सार्वजनिक ठाँउहरुमा ब्यानर टासिंएको संगठनका जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार