logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अखिल(क्रान्तिकारी)केन्द्रीय समितिद्दारा रक्तदान कार्यक्रम गर्दै


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, जेष्ठ ६ २०७८

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ ९ गते रक्तदान गर्ने भएको छ । काेराेना माहामारिका कारण विरामिहरुलाई रगत अभाव नहाेस् भन्ने उदेश्यले अखिल(क्रान्तिकारी)जनसेवककाे तर्फबाट उक्त कार्यक्रम गर्न लागिएको महासचिव प्रकाश शाहीले जानकारी दिनु भयो । साथै उक्त कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख अातिथ्यतामा सम्पन्न हुने बताउनु भयो । रक्तदानका कार्यक्रम रेडक्रस केन्द्रीय कार्यलय साेल्टिमाेड काठमाडौंमा हुने भएको हुँदा उपत्यका जिल्लाहरु ललितपुर,भक्तपुर,काठमाडौं,क्याम्पस जिल्ला,विश्वविद्यालयहरु,त्रिभुवन बहुमुखी क्याम्पस केन्द्रीय क्याम्पस,सिटिभिटिमा कार्यरत सम्पूर्ण संगठनका सदस्यहरु उपस्थिति हुने बताउनु भयो । उक्त कार्यक्रम विहान ११ बजेबाट शुरु हुने समेत बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार